गाउँ सहर

काठमाडाैं उपत्यकामा असार २१ गतेसम्म थपियाे निषेधाज्ञा, गाडी सञ्चालनदेखि के-के खुल्ला (सूचनासहित)

काठमाडाैं । आज बसेको बैठकले थप एक हप्ता (असार २१) का लागि निषेधाज्ञा लम्ब्याउने निर्णय पनि गरेको छ । सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले तीन जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । 

बैठकले जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निर्णयअनुसार अब २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भएको छ ।

आज बसेको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय पनि गरेको छ ।

निषेधाज्ञाको समयमा भोलिदेखि खाद्यान्न तथा किराना पसहरू बिहानदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । त्यस्तै बार तोकेर खोल्न दिइएका पसलहरू भने प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

 

गाउँ सहर संवाददाता