गाउँ सहर

मेलम्चीमा इन्द्रावती नदीले बगायो तीनतले घर

काठमाडौं । सिन्धुपाल्चाेककाे मेलम्ची बजारमा इन्द्रावती नदीमा आएको बाढीले तीनतले घर बगाएको छ ।

अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा जोगिएको घर निरन्तरको वर्षा र कटानका कारण भत्किएको हो । इन्द्रावती नदीको बाढीले कटान गर्दा मेलम्ची बजारमा रहेको गोपाल दुलालको तीन तले घर शनिबार बिहान बगाएको हो ।  शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा पानी परिरहेको छ। 

असार १ गते र त्यसयताको बाढीका कारण मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ । 

गाउँ सहर संवाददाता