विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच संगठनका विद्यार्थीहरू सरकारविरूद्ध सडकमा
- गाउँ सहर संवाददाता
- १० असार बिहीबार, २०७८ | १६:३२:०० मा प्रकाशित

काठमाडाैं । विपक्षी गठबन्धन माउ पार्टीका पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै बिहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार संयुक्त विद्यार्थी संगठनले संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन,महङ्गी र भ्रष्टाचार थोपरिरहेको त्यसकाे बिराेधमा उत्रिएकाे बताए ।
बिराेधमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको तिमल्सिनाले बताए ।
उनकाअनुसार शुक्रबार बिहान १० बजे फेरि प्रदर्शन गर्ने तयारी छ । प्रतिनिधि सभा विघटनलाई बदर गरिनुपर्ने माग उनीहरूको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस