सभामुख सापकोटाद्वारा विपद् प्राधिकरणको टोली र विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल
- गाउँ सहर संवाददाता
- ८ असार मंगलबार, २०७८ | १८:३२:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको सुरुआतसँगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणको टोली र सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्लगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यकाबारे सभामुख सापकोटालाई जानकारी गराए ।
सो अवसरमा उनले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार कार्य अगाडि बढाउनु पर्नेमा जोड दिए । सभामुख सापकोटाले विपत्तिबाट समस्यामा परेकाहरुलाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन सुझाव दिए ।
सभामुख सापकोटाले यसअघि आइतबार सिंहदरबारस्थित कार्यकक्षमा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनर्स्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले नेपालका ७७ जिल्ला मध्ये भूगोल र मौसमका हिसाबले सिन्धुपाल्चोक निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए ।
विज्ञहरुले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने धारणा राखेक थिए । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमुनायोग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधि लागू गर्न सकिने उनीहरुको सुझाव थियो । छलफलमा विज्ञहरु डा. गंगालाल तुलाधर, डा. हरिकृष्ण श्रेष्ठ, डा. रञ्जनकुमार दाहाल, डा. कृष्ण देवकोटा र डा. रविनराज निरौला सहभागी भएका थिए ।
सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएकाे सभामुख सापकाेटाका प्रेस विज्ञश्रीधर न्यौपानेले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस