राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ५० खेलाडी, यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु
- गाउँ सहर संवाददाता
- ८ असार मंगलबार, २०७८ | १२:५४:०० मा प्रकाशित
.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट- अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपाली टिमले जुलाई १ (असार १७) गते बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ । एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणमा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले जनाएको छ ।
विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणको बाँकी खेल खेलेर कुवेतबाट स्वदेश फर्किएका नेपाली टिम विश्राममा रहेका छन् ।
शिशिर लेखि पहिलो पटक टिमको बन्द प्रशिक्षणमा परेका छन् । यस अघि टिममा रहदै आएका अजित भण्डारी टिमबाट बाहिरिएका छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस