शेयरबजारका कुरा : ७१ अंककाे गिरावटमा ११ अर्ब ६१ करोड काराेबार, पुनर्बीमा कम्पनीकाे धेरै खरिद-बिक्री
- गाउँ सहर संवाददाता
- ७ असार सोमबार, २०७८ | १५:४३:०० मा प्रकाशित
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उच्च अंकको गिरावट आएको छ । यसदिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा सीमित भएको छ ।
यो दिन २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ कायम भएको छ । २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ फाइनान्स ५.१८ प्रतिशत, जलविद्युत् ५.२ प्रतिशत, विकास बैंक ४.६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ भने आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा पोखरा फाइनान्स, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स र पञ्चकन्यामाइ हाइड्रोपावर रहेका छन् ।
अधिकांश कम्पनीको सेयर मूल्य घट्दा पनि नारायणी विकास बैंकको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । १ः१ अनुपातमा हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएकाले लगानीकर्ता उक्त बैंकको सेयरमा आकर्षित भएका हुन् ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३० करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस