अर्थतन्त्र
एनआईसी एशियाको कार्ड हराएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने
- गाउँ सहर संवाददाता
- ६ असार आइतबार, २०७८ | १५:२०:०० मा प्रकाशित

काठमाडौं । एन आई सी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।
यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् । कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाइनमार्फत यस प्रकारको सुविधा ल्याएको बैंकले जनाएको हो ।
बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एप मार्फत आई सर्भिस भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी ‘डेविट कार्ड रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस