वातावरण

सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा हुने

काठमाडाैँ । २०७८ असार ३ गते (बिहीबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, प्रदेश न.१ र बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

गाउँ सहर संवाददाता