पत्रकार महासंघ रामेछाप शाखाद्वारा पत्रकार धम्क्याउनेलाई कारबाहीकाे माग
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १३:२५:०० मा प्रकाशित

रामेछाप । कोभिड-१९ विरुद्धको खाेप लगाइएकाे तस्बीर समाचारमा प्रकाशन गरेकाे विषयमा पत्रकार महासंघ वाग्मती प्रदेशका सदस्य ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयाेग गर्दै पिट्ने धम्की दिएकाेप्रति नेपाल पत्रकार महासंघ रामेछाप शाखाले ध्यानाकर्षण भएकाे भन्दै बिराेध जनाएकाे छ ।
शाखा अध्यक्ष बद्री नयाँघरेले विज्ञप्ति जारी गर्दै समाचारमा प्रकाशित तस्बिरप्रति धन्की दिनेमाथि छानबिन गरि कानुनी कारबाहीकाे लागि ध्यानाकर्षण गराएका छन् ।
कोभिड-१९ विरुद्धको खाेपदुरुपयोग भएकाे विषयमा लेखिएको समाचारमा आफ्नाे फाेटाे प्रयोग गरेको भन्दै जनकल्याण मावि च्यास्कुका शिक्षक ख्यानबहादुर श्रेष्ठले पत्रकार महासंघ वाग्मती प्रदेशका सदस्य ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयाेग गर्दै पिट्ने धम्की दिएका थिए ।
सरकारले जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समुहकाे नागरिलाई काेराेना विरुद्धको खाेप लगाउन भनिएकाे खाेप अन्य उमेर समुहले लगाएकाे हुँदा खाेपकाे दुरुपयोग भएकाेे भनि यहि जेठ २८ गते अन्नपर्ण टाईम्समा लेखिएकाे समाचारमा शिक्षक श्रेष्ठको फाेटाे प्रयाेग गरेर चरित्र हत्या गरेकाे भन्दै अन्नपूर्णकी सह-सम्पादक ज्ञानु श्रेष्ठलाई शिक्षक श्रेष्ठले साेमबार फाेन गरेरपत्रकार श्रेष्ठलाई अश्लील तथा अपशब्द प्रयाेग गरि पिट्ने धम्की दिएकाे हुन् । यसरी आफूलाई अश्लील र अपशब्द प्रयाेग गरि गालि गरेपछि श्रेष्ठले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएकी थिइन् ।

पछिल्लो पटक जिल्लामा जेष्ठ नागरिकका नाममा आएका भ्याक्सिन दुरुपयोग भएको समाचार लेख्ने क्रममा अन्य उमेर समुहका नागरिकले खाेप लगाएकाे फाेटाे सामाजिक संजालमा भेटेपछि स्राेतले संचार माध्यमलाई उपलब्ध गराएकाे थियाे । उक्त फाेटाे सम्बन्धित ब्यक्तिले आफुले पहिलाे चरणकाे खाेप लगाउने माैका पाएकाेमा सम्बन्धित निकायलाई धन्यवाद दिदै आफ्नो फेसबुकमा हालेका थिए ।
महासंघ रामेछाप शाखाकाे विज्ञप्तिमा भनिएकाे छ-"पत्रकारहरूले बनाएका कुनैपनि समाचार चित्त नबुझेमा कानुनी बाटाे अवलम्बन गर्नुकाे साटाे व्यक्तिगत रूपमा तल्लाे स्तरकाे गालीगलाैज र कुटपिट गर्नेसम्मकाे धम्कि दिनु सम्पूर्ण पत्रकारिता पेशालाई नै अपमानित तथा अमर्यादित शब्दले लान्छाना लगाउनु र समाजकाे सर्वेसर्वा आफ्नै हाे भन्ने किसिमले व्यवहार जिम्मवार शिक्षकबाट हुनुले स्वतन्त्र प्रेसकाे खिल्ली उठाउने काम भएकाे छ । पत्रकारलाई धम्कि दिने शिक्षक ख्यानबहादुर श्रेष्ठमाथि छानबिन गरि कानुनी कारबाहीकाे लागि सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउन चाहन्छ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस