आजदेखि लागू हुने गरि काठमाडौं उपत्यकामा थपिएकाे निषेधाज्ञा खुकुलाे
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | ०९:१०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ ।
डेढ महिनादेखि लागू भएको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थपिएको अवधिमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । त्यहिअनुसार आजदेखि निषेधाज्ञा खुकुलो पारिएको हो ।
आजबाट तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपक्षीजन्य पदार्थ, भेटनरीसम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायत सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ देखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाइनेछ ।
यससँगै अनलाइन व्यवसायमार्फत होम डेलिभरी गर्न सकिनेछ। होटलमा ‘टेक अवे’ सेवालाई सञ्चालन गर्न सकिनेछ ।
त्यस्तै, वर्कसपहरू बिहानदेखि खुलेका छन्। साँझसम्म खोल्न दिने व्यवसथ गरिएको छ ।
सहकारी संस्था र रेमिट पनि खोल्न पाइने भएको छ। त्यसका लागि हप्तामा दुई दिन आइतबार र बिहीबार तोकिएको छ ।
निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस