रामेछापको खनियापानीमा न खानेपानी न हरहिसाब
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | ११:२६:०० मा प्रकाशित

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।
आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि अलपत्र परेपछि स्थानीय आक्रोशित भएका हुन् ।
करिब ७० लाख लागतको सो आयोजनाका अध्यक्ष हुन् भोलाराज रोका रहेका छन् । आयोजना भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको लामो समय हुँदापनि आर्थिक अनियमितता गरेर रोकाले खानेपानी वितरणमा आनकानी गरिरहेको स्थानीयको आरोप छ ।
‘भौतिक निर्माणको काम करिब अन्तिम चरणमा छ’ स्थानिय प्रमोद भण्डारीले भने–‘अध्यक्षलाई हामीले आयोजनाको हिसाब मागेका छौं, उहाँले सार्वजनिक सुनुवाइमार्फत् हिसाब देखाउन आनाकानी गर्नुभयो ।’
स्थानीय निकाय र सामुदायिक विकास समाजको बीचमा सो आयोजना दुई वर्षभित्र सम्पन्न गर्नेगरी ०७४ मा संझौता भएको थियो । यसअघिका सुरेश रोकाको अध्यक्षतामा रहेको उपभोक्ता समिति पछि परिवर्तन भयाे ।
सुरेश रोकाले अध्यक्ष पद हस्तान्तरण गरेपछि आयोजना निर्माणमा कुनै प्रगति नभएको स्थानीय युवा विष्णुहरी पुलामीले बताए । उनले भने–‘वर्तमान अध्यक्ष भोलाराज रोका गैह्रजिम्मेवार हुँदा हामी खानेपानीबाट बञ्चित भएका छौं ।’
आयोजनामा अनियमितता भएको भनेर गाउँपालिका कार्यालयमा उजुरी पनि परेको छ । आयोजनामा काम गर्ने प्राविधिकले अझै ज्याला पाएका छैनन् । आयोजना सम्पन्न गर्नका लागी उपभोक्ताबाट रकम असुल गरिएको छ । तेस्रो पटक गाउँपालिकाबाट निकाशा गरिएको १० लाखको हिसाब अध्यक्ष रोकाले देखाउन नसकेको स्थानीयले आरोप लगाएका छन् । आयोजना पुरा हुँदा ८८ घर, परिवार लाभान्वित हुनेछन् ।
आयोजनाका अध्यक्ष भोलाराज रोकाले भने खानेपानी आयोजना पुरा गर्न आफू तयार भएपनि उपभोक्ताले नै असहयोग गरेको दाबी गरे । उनले भने–‘पानी खोल्न खोलामा जानुपर्छ, मासिक २० हजार दिन्छु भन्दापनि खोल्न जाने मान्छे तयार नभएपछि म आफैँ गएर सयम–समयमा धारामा पानी खसालेको छु ।’
सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले उपभोक्ताको भेला गरेर सार्वजनिक सुनुवाइमार्फत हिसाब माग्न स्थानीयलाई आग्रह गरेका छन् । लामाले भने, ‘भेला मार्फत् हिसाब माग्न भनेको छु, आयोजनाका अध्यक्ष पारदर्शी नभएको भेटिए छानबिन गर्छौँ, कानुन अनुसार कारवाही हुन्छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस