काठमाडाैं महानगरपालिकाले काेभिडबिरूद्धकाे खाेप लगाउन भाेलिदेखि बाेलायाे (सूचनासहित)
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १४:२४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबार (भोलि) देखि लगाइने भएको छ ।
काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।
यसअघि, काठमाडौं महानगरका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । तर, सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा जेठ २८ गते खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो ।
यसअघि खोप नपुगेर छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ । खोप तालिकाबमोजिम वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाउने कार्यक्रम राखिएको छ ।
तालिका हेर्नोस्–

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस