आफ्नाे अभिव्यक्तिप्रति आत्मालाेचना गर्दै वैद्यले भने- संसदीय मर्यादा पालना गर्न प्रतिवद्ध छु
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १४:४६:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेस वाग्मती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै संसदीय मर्यादा पालनामा प्रतिवद्ध रहेकाे जनाएका छन् । प्रदेश सभाको बैठकमा वैद्यले आफूले आवेगमा आएर संविधानले दिएको स्वतन्त्रताभन्दा धेरै बोलेको भन्दै आत्मालोचना गरेका हुन् ।
प्रधानमन्त्री ओलीप्रति आफ्नो कुनै रिसइबी नरहेको र उनको कार्यशैलीका कारण केही आवेगमा आएर चाहिनेभन्दा धेरै बोल्न पुगेको वैद्यको भनाइ छ । आफ्नो कुरा संसदीय मर्यादाभन्दा बाहिर रहेको पनि वैद्यले स्वीकार गरेका छन् । उनको अभिव्यक्ति प्रदेश सभाको रेकर्डबाट पनि हटाइएको छ ।
शुक्रवारको बैठकमा नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले मनपरि गरेर देश डुबाउन लागेको भन्दै नेपालमा कोही नाथुराम गोड्से बन्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस