स्वास्थ्य

भारतमा काेराेना संक्रमण घट्याे, मृत्यु बढ्याे

काठमाडाैँ । भारतमा पछिल्लाे २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ काेराेना संक्रमित भेटिएका छन् । याे पछिल्लाे ७० दिन यताकै कम संख्या रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नयाँ काेराेना संक्रमितकाे संख्या घटे पनि मृत्युदर भने फेरि माथि गएकाे छ । 

२४ घण्टामा ४ हजार २ जना संक्रमितकाे मृत्यु भएकाे भारतकाे  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा २ कराेड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन् । ती मध्ये २ कराेड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका हुन् ।

३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन् । अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन् ।

भारतले आफ्ना २४ कराेड ९६ लाख भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ ।

गाउँ सहर संवाददाता