यस्ताे छ वाग्मती प्रदेश सरकारकाे आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १८:३४:०० मा प्रकाशित

काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गरेको छ ।
बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ । आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।
कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने प्रदेश प्रमुखले जनाएको छ ।
कोभिडका कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ ।
प्रदेशका सबै कानुनहरू समेटिएको विद्युतीय पोर्टल सञ्चालिनमा ल्याइने, प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन प्रणालीको सुरुआत गरी आयोजनालाई व्यवस्थित गरिने तथा प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय, अधुरा र क्रमागत आयोजनाहरूलाई बजेट विनियोजन सुनिश्चित गरेपछि अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस