कोरोनाभाइरसबाट थप १०८* जनाको मृत्यु, थपिए नयाँ ५ हजार १५३ संक्रमित, निको हुने दर ८४.७ प्रतिशत
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | १६:५५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ८ हजार ९८ पुगेको छ ।
यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १७ हजार ६७६ को परीक्षण गरिएकोमा ५ हजार १५३ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ४५ हजार ५३० पुगेको छ । निको हुने दर ८४.७ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८२ हजार ७३७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३२१ को आइसियूमा र ३७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ७६ हजार ५५० र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार १८६ छ । क्वारेन्टाइनमा रहनेको संख्या ७४७ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ५० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । तर पहिलेको भन्दा अवस्था सुधार हुँदै गएको मन्त्रालयको भनाइ छ ।
देशभर आजसम्म ३१ लाख ३२ हजार ५९१ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस