विश्वभर काेभिड संक्रमणदर दैनिक ३ लाखमा झर्यो, यी हुन् उच्च संक्रमित हुने दश देशहरू
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | ०७:५०:०० मा प्रकाशित

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट १ कराेड २९ लाख ९८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १५ करोड ७६ लाख २० हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १७ करोड ४३ लाख ७० हजार नाघेको छ भने मृतकको संख्या ३७ लाख ५१ हजार ८९३ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८६ हजार ५७२ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ३ लाख १० हजार थपिएकामध्ये भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ११५ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ८९ लाख ९६ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये ३ लाख ५१ हजार ३४४ जनाको ज्यान गइसकेको छ । भारतमा हालसम्म २ कराेड ७३ लाख ३६ हजार जना निको भएका छन् । सक्रिय केस १३ लाख ८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ४२ लाख २७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख १२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ८१ लाख ७७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५४ लाख ३६ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ६९ लाख ८५ हजार जना संक्रमितमध्ये १ कराेड ५४ लाख ८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ७४ हजारभन्दा बढी छन् । हाल ११ लाख २ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ५ लाख ९१ हजार ४९६ जना पुगेका छन् भने ४ लाख ९७ हजार ९६० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७ हजार ९९० पुगेको छ भने ८५ हजार ५४४ जना उपचाररत छन् ।
उच्च संक्रमण भएका दश देशहरू

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस