स्वास्थ्य
काठमाडाैं उपत्यकामा थपिए १११५ काेराेना संक्रमित
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | १८:०७:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जना संक्रमित थपिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ९२ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित निको भएका छन्। यसअघि आइतबार ६ हजार ६३६ तथा शनिबार ८ हजार २ सय ४३ संक्रमणमुक्त भएका थिए।
गत चौबीस घन्टामा १२ हजार २ पीसीआर तथा ५ हजार ९ सय १ एन्टिजेन परीक्षण भएको छ।
हाल देशभर ८५ हजार ५४४ जना सक्रिय संक्रमित रहेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस