खनाल–नेपाल समूहले ओलीले गरेकाे एकता प्रस्तावकाे विषयमा निर्णय गर्न बोलायो बैठक
- गाउँ सहर संवाददाता
- २४ जेठ सोमबार, २०७८ | ०८:४८:०० मा प्रकाशित

काठमाडौं । एमाले झलनाथ खनाल र माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ ।
बैठकको समय भने तय भइनसकेको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।
ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, 'यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस