अर्थतन्त्र

श्रेष्ठले प्राइम कमर्सियल बैंककाे अध्यक्षकाे सपथ लिए

काठमाडाैं । प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले आजबाट कार्यभार सम्हालेका छन् ।

बैंकको संचालक समिति श्रेष्ठलाइ संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेकाे थियाे ।

उनले (आज) आईतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकहरु एवं प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको पनि उपस्थिती रहेको थियो ।  

गाउँ सहर संवाददाता