मेरो डाक्टर सेवा एक महिनाको लागि निःशुल्क, यसरी लिन सकिन्छ सेवा
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १७:४८:०० मा प्रकाशित

काठमाडाैं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज् प्रा. लि. को सहकार्यमा आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डाक्टर अनलाइन भिडियो काउन्सुलेसन सर्भिस मार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्न सक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाइएको छ ।
मिदास टेक्नोलोजीज् प्रा. लि. ले सञ्चालनमा ल्याएको मेरो डक्टर (टेलिमिडिया सेवा) मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध हुने जनाइएको छ । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाटमेरो डक्टर मा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्ने छन् ।
कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको जनाइएको छ ।
मेरो डाक्टरबाट यसरी सेवा लिन सकिन्छ :
- बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसिएन सेवा लिन सक्नेछन् ।
- एन्ड्राेइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट मेरो डक्टर एप डाउनलोड गर्न सक्नेछन् ।
- आइओएस फोन प्रयोगकर्ताले एप्पल स्टोरमा गएर मेरो डक्टर एप डाउनलोड गर्न सक्नेछन् ।
- ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस