मजदूर तथा बिरामीका लागि जनमुक्तिको नि:शुल्क खाना तथा फलफूल सहयाेग निरन्तर जारी
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १६:४६:०० मा प्रकाशित
.jpeg)
भैरहवा । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले ननिक ज्यालादारीमा काम गर्ने मजदूर त्यसको प्रत्यक्ष मारमा परेकाहरूका लागि 'जनमुक्तिको जनसेवा" कार्यक्रम अन्तर्गत नि:शुल्क खाना तथा फलफूल पानी बितरण कार्यक्रम निरन्तर जारी राखेको छ ।
निषेधाज्ञाका कारण अस्पताल बाहिर सञ्चालित होटल तथा रेष्टुरेण्ट बन्द भएकाले गर्दा बिरामी र बिरामी कुरुवालाई खाना खान समस्या परिरहेको र व्यवसाय, उद्योग, कल–कारखाना बन्द हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर त्यसको प्रत्यक्ष मारमा परेका हुँदा उनीहरुलाई बिहान साँझको छाक टार्न समस्या परेको बेला नि:शुल्क खाना तथा फलफूल पानी बितरण कार्यक्रम निरन्तर जारी राखेको राष्ट्रिय जनमुक्ति पार्टी भैरहवाका संयोजक डिबी थापाले बताएका छन ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जेठ ३१ गतेसम्मको लागि थपिएको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीले कोरानाभाइरसबाट विरामी भई अस्पताल भर्ना भएका र उनीहरूका परिवारजन (कुरुवा) का लागि आज भैरहवास्थित भीम हस्पिटलमा निःशुल्क खाना तथा पानी वितरण छ । यसका साथै बाटोमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु, सडक पेटी तथा पुल मुनी बसेका पीडित ब्यक्तीहरु र भैरहवा बसपार्कमा रहेका मजदुर तथा अलपत्र परेका ब्यक्तीहरुका लागि समेत खाना तथा पानी वितरण गरिएको जनमुक्तिका युवा नेता मोजिब अलीले बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना अस्पताल (धागो कारखाना क्षेत्र), तिलोत्तमास्थित कोभिड आइसोलेसन सेन्टर र भैरहवास्थित भीम अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामी र कुरुवाहरुका लागि निःशुल्क खाना तथा पानी वितरण गरेको छ । यसका साथै डिउटीमा खटिएका सुरक्षाकर्मीहरु र बुटवल बसपार्क, भैरहवा बसपार्क, हाटबजारमा रहेका मजदुरहरु, सडक तथा पुल मुनी भेटिएका पीडित ब्यक्ती तथा बालबालिकाहरुलाई समेत खाना तथा पानी बितरण गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीले गत शुक्रबारदेखि सुरु भएको अभियान जेष्ठ ३१ सम्म जारी रहने छ । साथै स्थानिय नगर भित्र रहेका मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रम पनि रहेको राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उपाध्यक्ष रेखाप्रसाद चौधरीले जानकारी दिए ।
जनमुक्तिको जनसेवा अभियानमा पार्टीका युवा नेता रोशन अस्लामी मगर, माया सारु, कुसुम पुन, आकाश आले, प्रदीप चौधरी लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस