यस्ताे छ भेराेसेलकाे पहिलाे खाेप लगाउनका लागि महानगरपालिकाले ताेकेकाे उमेर समूह र मिति
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १४:५१:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चीनले उपलब्ध गराएकाे भेराेसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण भएका ६० देखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन आग्रह गरिएको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गरेका छन् । काठमाडौं महागरपालिकाको ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप लगाइँदै छ । खोप मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने छ ।
जेठ २५ गते ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ भने २६ गते ६३ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।
त्यस्तै २७ गते ६२ वर्ष उमेर समूह, २८ गते ६१ वर्ष उमेर समूहका र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइन लागेको कुँबरले जानकारी दिए । साथै उनले तोकिएको मितिमा मात्र खोप लगाइने बताएका छन् ।
खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजातसँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस