गाउँ सहर

अष्ट्रेलियालेद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयाेग

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री दिएको छ ।

नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

रथी प्रभुराम शर्माले स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बुझेका थिए । हस्तान्तरण कार्यक्रममा रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।

 

 

गाउँ सहर संवाददाता