कोरोनाभाइरसको सक्रिय संक्रमण १ लाख १ हजार ८३९ मा, थप ७५* जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १७:१३:०० मा प्रकाशित

काठमाडाैँ । काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ७५* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ७ हजार ६३० पुगेको छ ।
यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २१ हजा ७७३ को परीक्षण गरिएकोमा ६ हजार ८२५ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । निको हुने दर ८१ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ८३१ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १ हजार ८३९ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ४४४ को आइसियूमा र ३९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ९४ हजार ९०९ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ९३० छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । तर पहिलेको भन्दा अवस्था सुधार हुँदै गएको मन्त्रालयको भनाइ छ ।
देशभर आजसम्म ३१ लाख ६ हजार ९३८ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।
नेपालमा अहिलेसम्म पहिचान भएका भेरिअन्टहरूः
नेपालमा रहेका भेरिअन्टहरू "Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1)" भएको र यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट Delta (B.1.617.2) भएको जानकारी विश्व स्वास्थ्य सङ्गठनले सामाजिक सञ्जालमार्फत् दिएको छ ।
मन्त्रालयकाे सूचनाः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस