एनआईसी एशिया लघुवित्त वित्तका ग्राहकहरुलाई व्याजमा छुट
- गाउँ सहर संवाददाता
- १७ जेठ सोमबार, २०७८ | १६:४७:०० मा प्रकाशित

काठमाडाैं। हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।
यस असहज परिस्थितिमा आफ्ना सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग गर्ने अभिप्रायले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ वैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) वैशाख २४ गतेदेखि ३१ गतेसम्ममा बुझाउने ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना वैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।
सोही योजनाअनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयका ४ हजार ६७६ ऋणी सदस्यहरुले संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाइ यस योजनामा सहभागी भएको संस्थाले जनाएको छ ।
उनीहरुले यस योजनामा सहभागी भएबापत ब्याजमा जम्मा १५ लाख १८ हजार २०२.४७ रुपैयाँ छुट प्राप्त गरेको पनि संस्थाले जनाएको छ । ‘ग्राहकहरुको ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको छ’, संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लघुवित्तले मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस