वातावरण

शनिबारकाे माैसम, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा

काठमाडाैँ । आज २०७८ जेठ १५ गते  (शनिबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता