दिगोविकास

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शुक्रबार संघीय संसद सचिवालयमा आयोजित कार्यक्रमकाबीच देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन् ।

गत ६ गते भएको निर्वाचनमा देवकोटा विजयी भएका थिए । राष्ट्रिय सभाका लागि बागमती प्रदेशबाट अन्य समूह अन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका थिए ।
 

गाउँ सहर संवाददाता