काेराेनाबाट थप ९६* जनाकाे मृत्यु, निकाे भए ९ हजार ८४१, नयाँ थपिए ६ हजार ९५१
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १६:०३:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९६* जनाको मृत्यु भएको छ । यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । योसहित कुल मृतकको संख्या ७ हजार ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २० हजार ११० को परीक्षण गरिएकोमा ६ हजार ९५१ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । निको हुने दर ७८.२१प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ८०९ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १३ हजार ३९४ सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ६२७ को आइसियूमा र ४५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ५ हजार ४४४ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ९५० छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । काठमाडाैँमा थप कडाइसहितकाे निषेधाज्ञा जारी गरिएकाे छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
देशभर आजसम्म ३० लाख १७ हजार ३७७ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस