यास् (YAAS) चक्रवातले थप तीन दिन असर गर्ने, पर्वतारोहण नगर्नु र नगराउनुहुन अनुरोध
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | १४:५५:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार चक्रवात (Cyclonic Storm) यास् (YAAS) पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई हाल Deep Depression(गहिरो न्यून चापीय क्षेत्रको) रुपमा परिणत भएको छ । उक्त Deep Depression (गहिरो न्यून चापीय क्षेत्रको) असर आउँदा केही दिनमा नेपालको भूभागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
उक्त Deep Depression(गहिरो न्यून चापीय क्षेत्रको) अझ कमजोर भई उत्तर दिशा तर्फ जाने अनुमान रहेको उसले बताएकाे छ ।
सो प्रणालीका कारण
बिहिबार (१३ गते) : देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार (१४ गते): देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ । उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
शनिबार (१५ गते): देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यो सिजनमा मेघगर्जन/चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे छ । उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले केहि दिन पर्वतारोहण नगर्नु र नगराउनुहुन समेत उसले भनेकाे छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने उसले बताएकाे छ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन महाशाखाले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस