थप कडाइसहित काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी
- गाउँ सहर संवाददाता
- ११ जेठ मंगलबार, २०७८ | ०८:१७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको हो ।
कोरोनाको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिनाकाे १६ गतेदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो । फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।
गृह मन्त्रालयको विवरण अनुसार ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाएर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ। दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ । त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गरिएको छ । राष्ट्र बैंकले इजाजतप्राप्त 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाण्डौमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्नेछ ।
त्यस्तै ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक/एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस