स्वास्थ्य सामाग्रीसहित रामेछाप–काठमाडौं सम्पर्क समितिका सहयाेगी हातहरू गाउँका स्वास्थ्य चाैकीमा
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १२:५०:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
समितिले रामेछापकाे खाँडादेवी गाउँपालिका अन्तर्गत भोटेचौरको स्वास्थ्य चौकी, खाँडादेवी आधारभूत स्वास्थ्य चौकी भीमसेनस्थान, खाँडादेवी स्वास्थ्य इकाई सान्ने, प्रस्थावित लाप्का पँधेरो भलाखर्क, भीरपानीको सामुदायिक स्वास्थ्य इकाई, भीरपानीकै स्वास्थ्य चौकी आँपचौरमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेकाे सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले जानकारी दिए ।
सहयाेग गरिएका स्वास्थ्य सामाग्रीहरूमा नर्मल बेड सिट, सिटामोल सिरफ, सिटामोल, जिङ्क ट्याब्लेट, भिटामिन सि, माक्स, सेनिटाईजर, अक्सोमिटर, थर्मामिटर, ह्यान्ड वास, फेससील्ड, मल्टी भिटामिन, ह्यान्डीप्लाष्टलगायत औषधिहरू वितरण गरिएको श्रेष्ठले जनाएको छ ।
उक्त स्वास्थ्य सामाग्रीहरू सम्पर्क समिति अध्यक्ष राजनारायण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला आमन्त्रित सदस्य रामकृष्ण ढुङ्गेल, नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठ, प्रदेश क्षेत्रीय सदस्य बिराज श्रेष्ठ, नेपाल तरुण दल क्षेत्रीय उपाध्यक्ष सुजन ढुङ्गेल र नेबिसंघ काठमाडौं सम्पर्क समिति अध्यक्ष विष्णु श्रेष्ठ र नेता बालकृष्ण थापाकाे आर्थिक सहयाेगमा वितरण गरिएको हो ।
उक्त स्वास्थ्य सामाग्रीहरु स्थानीय वड़ा सभापति दानकाजी श्रेष्ठ, सूर्य श्रेष्ठ, बालकृष्ण कार्की, जिल्ला आमन्त्रित सदस्य सुजन श्रेष्ठ, रामकुमार कार्की, नेपाल तरुण दल जिल्ला सदस्य जगत कार्की, तरुण दल खाँडादेवी अध्यक्ष संदीप कार्की, तरुण वडा अध्यक्ष राजेश श्रेष्ठ लगायत नेपाली कांग्रेस, तरुण दल, नेविसंघ नेताहरुमार्फत सम्बन्धित स्वास्थ्य चाैकीहरूलाई हस्तान्तरण गरिएकाे हाे ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण गाउँ- गाउँमा पनि फैलन थालेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई उपलब्ध गराइएकाे स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीले सहयोग पुग्ने नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेश कुमार श्रेष्ठले बताए ।
‘अहिले हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । व्यवस्थापन गर्न चुनौति बनिरहेको छ । स्थानीय निकायको स्रोत साधानले मात्र कोरोना नियन्त्रण सम्भव छैन । यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । हामी आगामी दिनमा सक्दो सहयोग गर्ने प्रयास गछौं’ उनले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस