स्वास्थ्य

कोरोनाभाइरसबाट थप २४६ जनाले ज्यान गुमाए, नयाँ ८ हजार १७३ संक्रमित थपिए, ७ हजार ९८९ निकाे

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ । 

यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट गरिएको परीक्षणबाट ८ हजार १७३ नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २ हजार ४८६ नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना निको भएका छन् । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ८५४ रहेको छ ।

गाउँ सहर संवाददाता