स्वास्थ्य

नेपालमा काेराेनाकाे प्रभाव मत्थर हुँदै गएकाे हाे ? यस्ताे छ साप्ताहिक तथ्यांक

काठमाडाैँ । नेपालमा काेराेनाकाे थप नयाँ भेरियन्ट थपिएकाे छ । याेसहित कुल तीन भेरियन्टकाे पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे छ र पूर्ण सावधानीमा बस्न अनुराेध गरेकाे छ । पछिल्ला दिनहरूमा कहिले संक्रमणकाे दर १० हजार नजिक पुगेका छन् भने कहिले ८ हजारकाे हाराहारीमा । यस्तै मृत्युकाे कुरा २०० नाघेका छन् भने कुनै दिन साेभन्दा कम । सघन र भेन्टिलेटरमा विरामी कहिले दुइडिजीटमा थपिएका छन् भने कहिले तीन डिजीटमा । वर्तमान काेराेनाकाे लहरले यस्तै चित्र प्रस्तुत गरिरहेकाे छ ।

नेपालकाे पछिल्लाे तथ्यांकः

नेपालमा दिन बिराएर संक्रमण र मृत्यु बढीरहेकाे छ । पछिल्लाे दिनमा मात्र १९६* (सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेकाे शव समेत) जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ गरी २० हजार ९७९ को परीक्षण गर्दा ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । निको हुनेको प्रतिशत ७४.६ रहेको छ । मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् । आज ७५२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ५९० को आइसियूमा, ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ४४७ छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

हिजाेमात्र नयाँ भेरियन्ट थपिएसँगै तीन कहरकाे सामना नेपालले गर्नुपरेकाे छ ।

साप्ताहिक तथ्यांकले यसाे भन्छः

बुधबार बैशाख २९ देखि मंगलबार ४ जेष्ठसम्मकाे तथ्यांक हेर्दा याे सात दिनमा ५९ हजार ७७० नयाँ संक्रमित थपिएका छन् । १ हजार ३२७ जनाकाे मृत्यु भएकाे छ भने स्वास्थ्य लाभ गर्नेकाे संख्या ४० हजार ३९५ रहेकाे छ । याे हप्ता निकाे हुनेभन्दा संक्रमित हुनेकाे संख्या ९ हजार ३६५ ले माथि छ । यी मृतकहरू विभिन्न समयमा सेनाले शव व्यवस्थापन गरेका समेत हुन् । तथ्यले याे बताउँछ कि काेराेनाकाे जाेखिम नेपालमा बढ्दाे छ ।

केन्द्र, प्रदेश तथा स्थानीय क्षेत्रहरूमा उपचारकाे चरम अभाव छ । स्वास्थ्य सामग्री, समयकाे उपचार, महंगाे प्रविधि र उपलब्धताले चुनाैति थपिदिएकाे छ । याे अवस्थामा "माेर टेस्टिंग, माेर केयर र माेर भ्याक्सिनेशन" पहिलाे शर्त हाे, सम्झाैता र ढिलाइ गरिनु पाप हाे ।

यसकारण संक्रमणको गतिको बारेमा हल्लाभन्दा यथार्थ बाहिर आएका छन्, किनकी मृत्यु र कहर कसैले रोज्दैन । यो विषम अवस्था हेर्दा र मन्त्रालयको अनुमान यसकारण संक्रमणको गतिको बारेमा हल्लाभन्दा यथार्थ बाहिर आएका छन्, किनकी मृत्यु र कहर कसैले रोज्दैन । यो विषम अवस्था हेर्दा र मन्त्रालयको अनुमान आंकलन गर्दापनि नेपालमा कोरोना कहरको गति केहि मत्थर हुने स्तरमा देखिएपनि सन्तोषजनक भने देखिँदैन, जुन सत्य हो । नेपालमा कोरोना कहरको गति केहि मत्थर हुने स्तरमा देखिएपनि सन्तोषजनक भने देखिएकाे छैन, जुन सत्य हो । जसले जहाँबाट सकिन्छ त्याे सहयाेग गर्नुगराउनु पहिलाे दायित्व बनेकाे छ अहिले । मुख्य कुरा आफैँ सुरक्षित रहने हाे । मापदण्डमा रहे काेराेनालाई जित्न सकिन्छ ।

यसैबीचमा सरकारले रणनीति बनाओस्, केहि हल्का हुनेबित्तीकै पूरै खुल्ला गरेर थामिनसक्ने अवस्था नगराओस् । पहिलो गल्तिलाई आत्मसात गरेर अगाडि बढोस् र मात्र हामी रिकभरको अवस्थामा पुग्न सक्छौँ, मल्हमपट्टी लगाउन सक्छौँ ।

गाउँ सहर संवाददाता

तपाईँको मत