दृष्‍टिकोण

विवाह-भाेज-जात्रा-उत्सव-हुलदंगा केहि समय थाँती राख्दा के बिग्रन्छ ? महामारीमा हामी अत्ति त गरिरहेका छैनाैँ !

काठमाडाैँ । काेराेनाले विश्व अक्रान्त छ । जन र धनसँगै सर्वस्व स्वाहाः जस्तै बनेकाे अवस्था छ । स्वास्थ्यका मापदण्ड पालना छैन रैपनि हामी बहुलाएका छाैँ, विवाह-भाेज-जात्रा-उत्सव-हुलदंगा-तडकभडक् गर्न, अनि भनिरहेका छाैँ सरकारले केहि गरेन भनेर । थोरै सरमपनि राखौँ, "चारऔँला आफैँतिर फर्केका छन्" भन्ने पनि नभूलौँ ।

हुन त प्रश्नहरू नतेर्सिएका पनि हाेइनन् । के विहे, भाेज, प्रदर्शन, उत्सव गर्न नपाइने ? गर्न नपाइने भनिएकाे छैन, गर्नुपर्छ तर नियममा रहेर । साँच्चै भन्ने हाे भने सहज भएपछि पनि गर्दा झनै उत्तम । किनकी यी रहर धेर वाध्यता कम हुन् । आज नियमकाे पालना नहुँदा मापदण्ड लत्याइयाे फलस्वरूप याे अवस्था आयाे । विषमताकाे याे अवस्थामा नियन्त्रण नहुँदा राेग झाँगिएकाे कुरालाई महशुष गर्ने कि नगर्ने ? साथै खाेप लगाउने भन्दै गराएकाे भिड, कर तिर्ने भिड, यातायातकाे जाेखिम, हेलचेक्राइँ, स्कुल कलेजका गतिविधि, सक्नेले दादागिरी देखाउने आदि अन्य कारणहरू राेग घरपुग्ने कारक हुन् ।

ढिलै भएपनि, काठमाडौँका सरकारी अस्पतालमा कोभिड ओ.पि.डि. सुरु गरिएको छ । याे सबैतिर सुरू हाेला । कोभिड पोजिटिभ बिरामी जाँचेर सामान्य भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओ.पि.डि. मै दिने र हेर्ने, सिरियस भए भर्ना गर्ने गरि व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उसका अनुसार, "निजी अस्पतालमा पनि यसरी नै व्यवस्थापन गर्न भनिएको छ । यसले अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउने विश्वास गरिएकाे छ । जसले गर्दा अक्सिजन र बेड नपाउने समस्या कम हुन्छ । बिरामीको आफन्तलाई अक्सिजन ल्याउ अनि भर्ना गर्छु भन्नू गैरजिम्मेवार अभिव्यक्ति हो । भोलि डाक्टर र नर्स ल्याउ भन्ने कुरा आउला, यो गैरजिम्मेवारीको परकास्टा हो । अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन ट्यान्क, अक्सिजन कन्सन्टेटर र सिलिण्डरको व्यवस्थापन गर्दै जाँदा केही दिनमा अलि सजिलो भएर आउँछ, सबैले धैर्यता पूर्वक कोशिस गरौं, सफलता मिल्छ । अरुले कति गरे भन्नू अघि मैले कति योगदान गरें भन्ने मनन गरौं । इतिहासले दिएको जिम्मेवारी पूरा गरौं, अरुलाई बचाउँ र आफू पनि बाँचौ ।" याे भनाइ प्रवक्ता डा. जागेश्वर गाैतमकाे हाे ।

काेराेना कहरमा हामीले हाम्रा क्रियाकलाप सम्पूर्ण बन्दै गर्नुपर्छ र सरकारले पनि त्याे गर सायद भनेकाे छैन । केहि समय नगर्दा उत्पात हुँदैन, पृथ्वी खस्दैन भन्नेपनि थाहा नै छ । तरपनि हाम्रा गतिविधिहरू मापदण्डभित्र नपर्दा सरकारपनि उत्ताउलाे बन्याे र उसैले कानूनकाे धज्जी उडायाे फलस्वरूप याे विषम अवस्था निम्तियाे । सबैले आफ्नाे ठाउँबाट याेगदान दिँदा याे महामारी नियन्त्रण नहुने कुरै छैन, किनकी दुनियाँले यसकाे प्रभाव कम गर्दै गएका प्रत्यक्ष उदाहरणहरू देखिसकिएका छन् ।

कुरा आएकाे छ सरकारले नगरेकाे र हेलचेक्राइँ गरेकाे । कुरा सहि र मनाशिव छ । सरकारकाे गति कछुवकाे तालमै अझै छ । केहि दिनदेखि तातेकाे पनि देखिन्छ जुन अगाडिनै देखिनुपर्थ्याे भन्ने गुनासाे ठिकै पनि हाे । सरकारका गतिविधिले गरबकाे उत्थानमा कम महत्व दिएकाे स्वीकार्नै पर्छ । खाेप, जाेखिमता र उपकरणकाे जाेहाेमा सरकार चुकेकै हाे । तरपनि चाह्याे भने केहि समयमै ठिक गर्नसक्ने पनि ल्याकत सरकारले राख्न सक्छ ।

मापदण्डमा रहेर गतिविध सञ्चालन गर्नु भन्दापनि नमान्ने, नटेर्ने र अटेरी गरेमा कडा कारवाही गर्नैपर्छ । यसमा सरकार निरंकुश भयाे भन्नु दुर्भाग्य हाे । विवाह-भाेज-जात्रा-उत्सव-हुलदंगा मापदण्डनुसा नगर्दा त्यहिँबाट संक्रमण प्रत्येक घर प्रवेश गरिसकेकाे कुरालाई नजरअन्दाज र ढाकछाेप गर्न मिल्दैन । अहिले यहि विषमताले काेराेना संक्रमित काे छैन ? भन्ने प्रश्न उठ्न थालिसकेकाे छ ।

सुरक्षात्मक उपाय र अपरिहार्यतालाई नबुझ्ने हो भने त रामराम भन्ने समय आउँछ । यस्तो परिस्थितमा कसैले कसैलाई केही गर्न र गराउन सक्दैन र सकिँदैन । काेराेना लाग्नेले काेराेना नलाग्नेलाई हेर्ने दृष्टिकाेण परिवर्तित हुँदै गएकाे छ । स्याहार सुस्याहार र उपचारमा कठिनाई भइरहेकाे छ । मानवता हराउँदै गएकाे छ । याे दुरी कम गर्नकाे लागि नै किन नहाेस् सरकार दायरामा बस्दै निरंकुश बन्नु जरूरी छ । यसकाे मतलव संकटकाल भनेकाे चाहिँ हाेइन । संकटकाल नलगाइकन पनि समस्या समाधानतर्फ जान सकिन्छ, अझै ।

अभाव र साह्राेगाह्राे सबैलाई छ, अवस्था नाजूक बनेकाे छ । सकिन्छ सबैलाई राहत, छूट दिउँ । जसले गर्दा तनाव र व्यथा थाेरै कम हुन्छ । सक्नेले दान गराैँ, किनकी याेभन्दा ठूलाे उपकार गर्ने समय पछि नआउन सक्छ । सचेत रहेर गतिविधि सञ्चालन गर्दा काेराेना नजित्ने कुरै छैन । नत्र रामराम भन्दै हार्ड इम्यून विकसित गर्नुपर्याे नत्र मान्यताप्राप्त खाेप ल्याएर ठूलाे स्तरमा खाेप लगाउनुपर्याे ।

चिकित्सकले ९ दिनपछि पाेजेटिभबाट पनि राेग अन्यलाई सर्दैन भन्ने पूर्ण भ्रममा पनि नपराैँ, याे समयमा नेगेटिभ आएपनि केहि समय प्रतिराेधात्मक क्षमता बनाउँ-बढाउँ र मात्र दैनिकीमा फर्कँदा बेस हाेला, त्याेपनि मापदण्ड नभूलेर । किनकी नयाँ राेगकाे बारेमा हामी काेहिपनि विशेषज्ञ बनिसकेका छैनाैँ ।

एकले अर्कामा दोष थोपार्नेतिर नजाऔँ, सहजता हाम्रै हातमा छ, कसैले केहि गरिदिँदैन । तथानाम् एकक्षण छाडौँ । हातेमालो गरौँ र रोगव्याधीबाट जतिसक्दो चाँडो मुक्ति दिलाऔँ । मानव कर्ममा एकइन्चपनि कमी नगरौँ । अनियमितता होइन सेवाको भावमा काम गरौँ ।

गाउँ सहर संवाददाता

तपाईँको मत