नेप्सेमा उच्च अंककाे वृद्धि, झण्डै साढे दश अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | १५:४०:०० मा प्रकाशित
काठमाडाैं । आइतबार (आज) शेयर बजार परिसूचक नेप्सेमा उच्च अंककाे वृद्धि भएकाे छ ।
नेप्से दुई प्रतिशतले वृद्धि हुँदा काराेबार रकम पनि झण्डै साढे दश अर्ब हाराहारीकाे भएकाे छ । यसदिन ५४.२१ अंकले बढेर नेप्से २७३८.३० विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.६३ अंकले बढेर ४८८.१३ विन्दुमा कायम भएको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्त, सप्तकोसी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावरलगायतकाे मूल्य बढेको छ ।
त्यसैगरी युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोलगायतकाे सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
यो दिन १६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
प्रतिकृया दिनुहोस