नेप्सेमा उच्च अंककाे वृद्धि, झण्डै साढे दश अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | १५:४०:०० मा प्रकाशित

काठमाडाैं । आइतबार (आज) शेयर बजार परिसूचक नेप्सेमा उच्च अंककाे वृद्धि भएकाे छ ।
नेप्से दुई प्रतिशतले वृद्धि हुँदा काराेबार रकम पनि झण्डै साढे दश अर्ब हाराहारीकाे भएकाे छ । यसदिन ५४.२१ अंकले बढेर नेप्से २७३८.३० विन्दुमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.६३ अंकले बढेर ४८८.१३ विन्दुमा कायम भएको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्त, सप्तकोसी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावरलगायतकाे मूल्य बढेको छ ।
त्यसैगरी युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोलगायतकाे सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
यो दिन १६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस