कोरोनाभाइरसबाट १४५* जनाको मृत्यु, ६ हजार ६४८ जनाले गरे स्वास्थ्य लाभ, थपिए ७ हजार ३६८, निको हुने दर ७४.६ प्रतिशत
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | १६:३३:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ को परीक्षण गर्दा दुबै विधि गरेर ७ हजार ३६८ नयाँ संक्रमित थपिएका छन् ।
यसरी थपिनेमा काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १० हजार २६३ सक्रिय संक्रमित रहेका छन् । आज ७०१ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । संस्थागत आइसोलेशनमा ७ हजार ८०८ र होम आइसोलेशनमा १ लाख २ हजार ४५५ रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३१३ को आइसियूमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
* (मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस