स्वास्थ्य
नेपालमा कोरोनाबाट थप ५८ जनाको मृत्यु, देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | १६:२६:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ६०५ नयाँ संक्रमित थपिएका छन् भने ५४ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट २१ हजार ३७२ परीक्षण गरिएकोमा कुल ८ हजार ६५८ नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौँमा ३ हजार ८४९, ललितपुरमा ५१८ र भक्तपुरमा ४५९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् । आज ३८१ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस