महामारी नियन्त्रणमा सरकार उदासिन भएको भन्दै कांग्रेसद्वारा आठ काम गर्न माग
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १७:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले कोभिड-१९ (कोरोनाभाइरस) महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना हुनुका साथै फेरि संक्रमण विस्तार हुन सक्ने अवस्था रहेपनि सोको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार उदासिन भएको काँग्रेसले आरोप लगाएका हो ।
यस्तो अवस्थामा संक्रमण रोक्न काँग्रेसले सरकारसँग ९ बुँदे माग गरेको छ । जसमा स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरिनुपर्ने, सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच गरिनुपर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्नुपर्नेलगायतका माग गरिएको छ ।
कांग्रेस आठ सुझावसमेत दिएको छ:
(१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।
(२) अन्तर्राष्ट्रिय उडानबाट आउने र सिमा नाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।
(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।
(४) कोभिड-१९ कोविरुद्ध आम जनतालाई खोप पुर्याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।
(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।
(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।
(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।
(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस