माैसम : आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव
- गाउँ सहर संवाददाता
- २९ चैत आइतबार, २०७७ | ०८:४७:०० मा प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमानबारे जानकारी दिएको छ ।
महाशाखाले आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यसैगरी आइबार दिउँसो दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाका अनुसार आइतबार साँझ र सोमबार दिउँसो हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस