नेपालमा गैँडकाे संख्या नेपालमा ७५२, कहाँ कति ?
- गाउँ सहर संवाददाता
- २८ चैत शनिबार, २०७७ | १८:४०:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पाँच वर्षमा १०७ गैँडा बढेकाे छ । विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या अब नेपालमा ७५२ पुगेको छ । सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५ संख्या रहेको थियो ।
शनिवार चितवनमा सार्वजनिक गरिएको यो संख्या चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा पाइएकाे छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडाको संख्या रेकर्ड गरिएको छ ।
चैत ९ गतेबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई मिलाएर एउटै कलष्टर बनाई गैँडा गणनाको शुभारम्भ गरिएको थियो । यी दुई निकुञ्जलाई नौ वटा ब्लकमा विभाजन गरेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो ।
गैँडा गणनामा चितवनमा ३० वटा हात्ती, बर्दियामा १० वटा हात्ती र शुक्लाफाँटामा ६ वटा हात्तीको प्रयोग गरी २०० भन्दा बढी दक्ष जनशक्तिको प्रयोग गरिएको थियो ।
गैँडा गणना गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा बाघको आक्रमणमा परी गैँडा गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीको मृत्युसमेत भएको छ । आक्रमण गर्ने समस्याग्रस्त बाघलाई तत्काल डार्ट गरी ललितपुरको सदरचिडियाखानमा राखिएको छ ।
त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा ध्रुबे हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति कोषका संरक्षण अधिकृत बिनोद श्रेष्ठ लगायतका चार जना घाइते भएका थिए । ढाड र टाउकोमा गम्भीर चोट लागेपछि श्रेष्ठको काठमाडौँको हयाम्स अस्पतालमा अपरेशन पछि हाल उपचार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस