यती एअरलाइन्स चढ्ने यात्रुले ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि पाउने
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | १९:४३:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ-कमर्स ग्यापुले यती एअरलाइन्ससँग व्यापार साझेदारी गरेका छन् । यस साझेदारीसँगै यती एअरलाइन्सका यात्रुले एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ।
साझेदारीपछि एयरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ ।
यती एअरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु र एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
साथै यती एअरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाख बढी यात्रुले एक वर्षभरि असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए ।
यती एअरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुने बताइएको छ ।
भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए ।
सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एअरलाइन्सले ग्यापु र एक्सलट्रिपसँग सहकार्य गर्न पाएकोमा यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे ।
जुनसुकै मूल्यको टिकट खरीद गरी यती एयरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५ सय मूल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।
उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योर कोड अप्सनमा गई GYAPUYETI100 लेख्नुपर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा XCELTRIP200 कोड राख्नुपर्नेछ । यससँगै आजैदेखी यती एयरलाइन्सको बोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमूलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ । यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतीले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस