घाँस काट्न जाँदा हराएका सात बालिका अभियन्ता सरोज रायकाे पहलमा भारतमा फेला
- गाउँ सहर संवाददाता
- १८ चैत बुधबार, २०७७ | ११:११:०० मा प्रकाशित
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु फेला परेका छन् ।
बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।
मंगलवार सबैजना घाँस काट्न गएका थिए तर अबेर राती सम्म घर नफर्किँदा खोजीकार्य तिव्र पारिएको थियो । रातीसम्म परिवारजनको साथमा प्रहरी समेत मिलेर खोजविन गरेका थिए तर फेला परेका थिनन् ।
भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्टमार्फत सातै बालिकालाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिएका छन् ।
बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । भारतीय प्रहरीका अनुसार ती बालिकाहरु गायिका बन्न भारत गएकाे भन्ने बुझिएकाे रायले बताए । तर राय यस कुरामा सहमत छैनन् । उनी गायक बनाउने नाममा बालिका लगेर बेच्ने वा अन्य कुनै नियत हुन सक्ने आशंका व्यक्त गर्छन् ।
उनीहरुसँग अन्य पनि काेही थिए कि थिएनन् भन्नेबारे एकिन भएकाे छैन । हिजो राती नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई यस घटनाबारे अवगत गराएका थिए ।
रायको अनुसार फेला परेको बालिकामा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस