घाँस काट्न जाँदा हराएका सात बालिका अभियन्ता सरोज रायकाे पहलमा भारतमा फेला
- गाउँ सहर संवाददाता
- १८ चैत बुधबार, २०७७ | ११:११:०० मा प्रकाशित
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु फेला परेका छन् ।
बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।
मंगलवार सबैजना घाँस काट्न गएका थिए तर अबेर राती सम्म घर नफर्किँदा खोजीकार्य तिव्र पारिएको थियो । रातीसम्म परिवारजनको साथमा प्रहरी समेत मिलेर खोजविन गरेका थिए तर फेला परेका थिनन् ।
भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्टमार्फत सातै बालिकालाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिएका छन् ।
बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । भारतीय प्रहरीका अनुसार ती बालिकाहरु गायिका बन्न भारत गएकाे भन्ने बुझिएकाे रायले बताए । तर राय यस कुरामा सहमत छैनन् । उनी गायक बनाउने नाममा बालिका लगेर बेच्ने वा अन्य कुनै नियत हुन सक्ने आशंका व्यक्त गर्छन् ।
उनीहरुसँग अन्य पनि काेही थिए कि थिएनन् भन्नेबारे एकिन भएकाे छैन । हिजो राती नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई यस घटनाबारे अवगत गराएका थिए ।
रायको अनुसार फेला परेको बालिकामा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस