क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियानकाे तयारी तर बहुसंख्यक बिरामी उपचारकाे पहुँच बाहिर
- गाउँ सहर संवाददाता
- ११ चैत बुधबार, २०७७ | ०९:००:०० मा प्रकाशित
काठमाडौं । हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहीँ ट्यूब्रक्लोसीस अर्थात अग्रेजीमा Tuberculosis (TB) हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचीन समयबाटै आजसम्म भएको पाइन्छ ।
नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । प्रत्येक वर्ष ६९ हजार क्षयरोगी थपिने गरेको पाइएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा क्षयरोगीको संख्या प्रत्येक वर्ष बढ्दै गएको र उपचारमा नआएका रोगी ठूलो चुनौती बनेको बताए । उनले यो सर्वेक्षणका कारण वास्तविक संख्या बाहिर आएको र यसभन्दा अघि १३ हजार जति क्षयरोगी उपचार बाहिर रहेको र वर्षेनी लगभग ४५ हजार रोगी थपिने गरेको संख्या एक अनुमानित संख्या रहेको समेत स्पष्ट पारे । उनले भने, ‘क्षयरोगको उपचार सरकारले नि:शुल्क गरेको भए पनि अझै यति ठूलो संख्यामा रोगी उपचार बाहिर रहनु दुर्भाग्यपूर्ण हो ।
तर सरकारले भने आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । स्थानीय तहहरुमा विभिन्न सूक्ष्म कार्यक्रम सञ्चालन गरी क्रमशः सबै पालिकालाई क्षयरोगमुक्त बनाउने केन्द्रको योजना छ । तर, सरकारको लक्ष्यविपरीत नेपालमा क्षयरोगीको संख्या भने बर्सेनि बढ्दै गएको देखिन्छ । उपचारकाे पहुँचबाहिर धेरै बिरामी रहेका छन् ।
गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७४५ जनामा क्षयरोग पाइएको र उनीहरुलाई उपचारमा राखिएको केन्द्रले जनाएको छ । उता कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले क्षयरोग व्यक्तिको रोग भए पनि यसलाई रोकथाम तथा नियन्त्रण गर्न समाज नै लाग्नुपर्ने बताए । उनले यसलाई सामाजिक रोगका रुपमा लिएर रोकथाम र नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।
हाल सरकारले ४ हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा प्रदान गर्दै आएको छ । यसैगरी औषधी प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र ८१ वटा उप-केन्द्र र ६ वटा डी आर होस्टेल एउटा डीआर होम मार्फत सेवा प्रदान गरिएको छ । नेपालमा औषधी प्रतिरोधी डीआर क्षयरोगका बिरामी थपिने क्रम बढ्दो छ जुन सरकारका लागि ठूलो चुनौती बनेको छ । नेपालमा वर्षेनी करिब २ हजार २ सय औषधी प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २ सय नयाँ रोगी थपिने गरेका छन् । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । बाँकी ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ । समुदायस्तरमा क्षयरोगीको पहिचान सरकारको लागि अर्को चुनौती बनेको छ ।
केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार क्षयरोग नियन्त्रणका लागि बजेट अभाव छैन । जनशक्ति पनि पर्याप्त छैन । मुलुक संघीय संरचनामा गएसँगै जिल्ला र पालिकास्तरमा क्षयरोगका लागि फोकल पर्सन छैनन् । जनशक्तिको अभावमा पछिल्लो वर्ष क्षयरोगीको उपचार र औषधि वितरण कार्यक्रमसमेत प्रभावित भएको डा. भट्टचन बताउँछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस