अर्थतन्त्र

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

काठमाडाैँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।

बैंकले चैत्र १० गतेदेखि बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) देवकुमार ढकाललाई नियुक्त गरेकाे जनाएकाे हाे ।

प्रवक्ता ढकालले व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरूमा २५ वर्ष कार्य अनुभव हासिल गरेका छन् । उनी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन् ।

गाउँ सहर संवाददाता