काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलामा पुनरावलोकनमा जानुपर्ने निष्कर्ष निकालको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो । बैठकपछि स्थायी समिति सदस्य वर्षमान पुनले पुनरावलाेकनका लागि तयारी पूरा भइसकेकाे र तत्काल पुनरावलाेकनमा जाने जानकारी दिए ।
नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरवालोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । यसअघि मंगलबार नै माओवादीले सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । सो क्रममा कानून व्यवसायीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरवालोकन गर्न सुझाव दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस