अर्थतन्त्र

एनआईसी एशिया लघुवित्त र स्वदेशीकाे एकीकृत कारोबार शुरू

काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार थालेका छन् ।

यससँगै मर्जर पश्चात लघुवित्तको पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको छ भने पूँजीका हिसाबले छिमेक लघुवित्तपछि सबैभन्दा धेरै पूँजी भएको लघुवित्त पनि बनेको छ ।

छिमेक लघुवित्त १ अर्ब ८३ करोड पूँजी सहित सबैभन्दा पूँजी भएको लघुवित्त रहेको छ भने निर्धन उत्जान १ अर्ब ६९ करोड सहित पूँजीका हिसाबले तेस्रो ठूलो लघुवित्त बनेको छ ।

२०७७ साउन ३२ गते यी दुई संस्था बीच गाभ्ने-गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकोमा ७ महिनापछि गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

एकीकृत संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुगेको छ । मर्जर पश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १ लाख ३५ हजार भन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जरअघि एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा र स्वदेशी लघुवित्तको नेपालभरि ८५ शाखा सञ्चालनमा रहेका थिए ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्तलाई एक आपसमा मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट कार्तिक १९ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

२०७७ पुस १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौता भई सो अन्तीम सम्झौता अनुसार गाभ्ने/गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको मिति माघ ४ गते छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट सम्पन्न गरिएको थियो ।  उक्त बार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणी जोेशीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका हुन् ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडि बढेको एनआईसी एशिया मर्जपछि संस्था यो मर्जर पश्चात अझ बलियो र सबल भई उक्त लक्ष्य हासिल गर्ने जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत