समाज
यस वर्षको होली पर्व औपचारिक रूपमा सुरु
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | ०९:४३:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो ।
प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबीर दलेर खुसी मनाएका छन् ।
तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई-मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।
सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस