स्वास्थ्य

शुक्रबार १२३ जना कोरोना संक्रमित डिस्चार्ज, १२५ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।

हाल देशभर एक हजार एक जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।

 

 

 

गाउँ सहर संवाददाता