नेकपा एमालेका खनाल–नेपाल पक्षको राष्ट्रिय भेला शुरू
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | १३:२४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल पक्षको राष्ट्रिय भेला आजदेखि ललितपुरमा सुरु भएको छ ।
भेलाको अध्यक्षता खनालले गरेका छन् भने नेपाल विशेष अतिथि छन् । भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु पनि सहभागी छन् ।
भोलिसम्म चल्ने भेलामा केन्द्रीय कमिटी र केन्द्रिय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय सदस्य तथा केन्द्रिय विभागका सदस्यहरू सहभागी भएको सो समूहले दाबी गरेको छ ।
यसअघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेला रोक्न आग्रह गर्दै नरोकिए पार्टी विधान, संविधान, राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कारबाही गर्ने बताउनुभएको थियो ।फागुन २८ गते नेकपा एमालेको केन्द्रिय कमिटीको विशेष बैठकले तात्कालिन नेकपा माओबादी केन्द्रसँग आवद्ध २३ जनालाई केन्द्रिय कमिटीमा मनोनित गरेपछि एमालेमा थप विवाद चर्किएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस